आइतबार, कार्तिक १६ गते २०८३
images
images

विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

एक्सप्रेस पाना
माघ १३, २०८२ मंगलबार
  • 143
    SHARES
  • विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

    नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा देशभर चुनावी माहोल तातेको छ ।  विभिन्न राजनितिक दलमा आवद्ध उमेदवारहरु प्रसारप्रचारदेखी घरदैलो कार्यक्रममा व्यस्त छन् । यसैबिच नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।

    images

    सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।

    समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप–समितिहरू गठन गरिनेछ ।

    images

    उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।
    ‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले विनोद चौधरी जस्तो उमेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

    यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

  • सम्बन्धित विषय:

  • # विनोद चौधरी