आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवाको रणनीति : पहिला चुनाव अनि मात्रै कांग्रेस महअधिवेशन

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 250
    SHARES
  • देउवाको रणनीति : पहिला चुनाव अनि मात्रै कांग्रेस महअधिवेशन

    कात्तिक ९ काठमाडौं । पार्टी विधान र संविधान अनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। 

    images

    भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह ९वडा० अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुङ्गो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्।

    निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन २० बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदै छ। 

    images

    माघ पहिलो साता उक्त पदका लागि निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगको तयारी छ। सभापति देउवा स्थानीय निर्वाचनभन्दा पहिला आमनिर्वाचन प्रतिनिधिसभा गराउने पक्षमा छन्।