मंगलबार, भाद्र २३ गते २०८३
images

फागुन २१ को निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ:गगन थापा

एक्सप्रेस पाना
माघ १६, २०८२ शुक्रबार
  • 226
    SHARES
  • फागुन २१ को निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ:गगन थापा

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् ।

    images

    शुक्रबार मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचनमा एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताएका हुन् । 

    उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली काङ्ग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ । त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला ।’

    mागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरु एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ ।
    पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरु बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए ।

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा