काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ०.१२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४.६६ रुपैयाँले महँगो भएर आएको छ।
मूल्य समायोजनपछि काठमाडौँ उपत्यकामा डिजेल तथा मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १३९ रुपैयाँ कायम भएको छ।
एलपी ग्यासतर्फ प्रतिसिलिण्डर ४५.४९ रुपैयाँले लागत बढेर आए पनि उपभोक्तालाई राहत दिन खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमको भनाइ छ।

.jpg)


