आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख न्यायाधीश बने : ओली 

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 253
    SHARES
  • सभामुख न्यायाधीश बने : ओली 

    कात्तिक ९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् । 

    images

    मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाए । 

    एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ । 

    images

    सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उनले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताए ।न्युज कारखाना