आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनमा फेरि लकडाउन

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 337
    SHARES
  • चीनमा फेरि लकडाउन

    एजेन्सी । कोरोना भाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो । 

    images

    लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा गरिएको हो । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् । 

    पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाईरस देखिएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।  

    images