मंगलबार, भाद्र २३ गते २०८३
images

सप्तरीदेखि महोत्तरीसम्मको यात्रामा बालेन शाह

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 188
    SHARES
  • सप्तरीदेखि महोत्तरीसम्मको यात्रामा बालेन शाह

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह मंगलबार मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन्।

    images

    मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ।

    यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गरी मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ।

    images

    balen1.jpeg

    मधेशमा पार्टीको संगठन विस्तार र जनअपेक्षा बुझ्ने लक्ष्यसहित आयोजना गरिएको यो यात्रा राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। बालेन शाहको मधेश यात्राप्रति स्थानीयस्तरमा उल्लेख्य चासो र उत्साह देखिएको छ।

  • सम्बन्धित विषय:

  • # बालेन शाह