आइतबार, भाद्र २८ गते २०८३
images

तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 169
    SHARES
  • तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    काठमाडौं । रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

    images

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ ।

    थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

    images

    मंगलबार बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतको पहिचान खुल्न बाँकि छ ।सडकबाट खसेको बस नदीमा डुबेको थियो । बस नदीबाट निकालिएको छ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • # तामाकोशी दुर्घटना