मंगलबार, भाद्र २३ गते २०८३
images

सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत (तस्वीरसहित)

एक्सप्रेस पाना
माघ २८, २०८२ बुधबार
  • 111
    SHARES
  • सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत (तस्वीरसहित)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सिरहाको गोलबजार पुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । पार्टीका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा आयोजित कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

    images

    कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले देशलाई समृद्ध बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गर्दै कांग्रेस जनताको अधिकार र विकासका पक्षमा दृढतापूर्वक उभिने बताए ।

    गोलबजारमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरबाट आएका नेता–कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो। सभापति थापाको उपस्थितिले कार्यकर्तामा नयाँ उत्साह थपिएको स्थानीय नेताहरूले बताए ।

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा