कात्तिक ९ काठमाडौं । प्रधानन्यायाधीसको राजीनामा प्रकरणको विवादका कारण सर्वोच्चको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार सर्वोच्च अदालतमा इजलास बस्न नसक्दा सुनुवाई स्थगित हुन पुगेको हो ।
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेको लगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरू समेत इजलास बस्न नमानेपछि कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका हुन् ।
मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।
.jpg)


