आइतबार, भाद्र २८ गते २०८३
images

धादिङमा यात्रुबाहक बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

एक्सप्रेस पाना
फाल्गुण ११, २०८२ सोमबार
  • 119
    SHARES
  • धादिङमा यात्रुबाहक बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

    काठमाडौं ।  धादिङमा यात्रुबाहक बस दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ।

    images

    पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाटको रोराङ गाउँपालिका–५ मा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटना सोमबार राति करिब साढे १ बजे बस त्रिशूली नदी किनारतर्फ खसेको हो । 

    दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

    images

    मृतक तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन्।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना