आइतबार, कार्तिक १६ गते २०८३
images
images

धादिङ क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवारले फिर्ता लिए आफ्नो उम्मेदवारी,नेकपालाई सघाउँदै

एक्सप्रेस पाना
फाल्गुण १३, २०८२ बुधबार
  • 150
    SHARES
  • धादिङ क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवारले फिर्ता लिए आफ्नो उम्मेदवारी,नेकपालाई सघाउँदै

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन सन्जेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गरेका छन् ।

    images

    धुनीबेशी नगरपालिका – १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै सन्जेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता (निष्क्रिय) भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र सन्जेलबीच आपसी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

    कार्यक्रममा बोल्दै सन्जेलले भने,"राजेन्द्रप्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ । धादिङको सर्वाङ्गिण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ।"

    images

    यसअघि हिजै साँझ सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका सन्जेलले बुधबारको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सन्जेलको यो समर्थनले धादिङ क्षेत्र नं.१ मा पाण्डे थप बलियो बनेका छन् । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्रप्रसाद पाण्डे
  • # निरन्जन सन्जेल