आइतबार, कार्तिक १६ गते २०८३
images
images

म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु:प्रकाश शरण महत

एक्सप्रेस पाना
फाल्गुण १४, २०८२ बिहीबार
  • 144
    SHARES
  • म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु:प्रकाश शरण महत

    काठमाडौं । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

    images

    नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन् ।

    घरदैलो कार्यक्रमका क्रममा उनले आफू पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गर्दै यसअघि ऊर्जा मन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्रीका रूपमा काम गरिसकेको अनुभव सुनाए । महतले नुवाकोटमा बाँकी रहेका विद्युत् पहुँच विस्तारका काम आफूले सम्पन्न गराएको दाबी गरे ।

    images

    उनले भने,"म पहिलो पटक निर्वाचनमा लड्दैछु । यहाँबाट प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि म उर्जा मन्त्री भए, परराष्ट्र मन्त्री भए, अर्थमन्त्री पनि भए । बाँकी बिजुली जुन नुवकोटमा पुगेको थिएन त्यो पुर्याएको मैले हो । म अर्थमन्त्री हुँदा ठूलो ठूलो बजेटमा सिँचाई आयोजना जिर्ण भैइसकेको थियो त्यसको लागि बजेट मैले ल्याएको हो । उत्पादन सुनिश्चित गर्न, सिँचाई सुनिश्चित गर्न यो समस्या हट्यो ।"

    उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।

    कार्यक्रममा उनले अन्य दलले प्रतिबद्धता मात्र व्यक्त गर्ने तर आफूहरूको पार्टीले काम गरेर देखाउने दाबी गरे । "अरूले कुरा मात्र गर्छन्, हामी यस्तो गर्छौं उस्तो गर्छौं भन्छन्, तर नेपाली कांग्रेस काम गरेर देखाउँछ,’ उनले भने, ‘म काममा विश्वास गर्छु । निर्वाचित भएर आएपछि जनताप्रति अझ बढी जिम्मेवार भएर काम गर्नेछु र जनतालाई निराश पार्ने छैन ।"

    मतदातासँग उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.प्रकाश शरण महत