आइतबार, कार्तिक १६ गते २०८३
images
images

न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 220
    SHARES
  • न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

    कात्तिक १० सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    images

    सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाको पराकाष्टा नाघेको बताए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ररणप्रति इंगित गर्दै उनले  यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेको बताए ।न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवण्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उनले बताए ।

    images

    नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताए । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए । ‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उनले भने ।