काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा २१ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।


