आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफगानिस्तानलाई चीनले ५० लाख डलर सहयोग गर्ने

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 250
    SHARES
  • अफगानिस्तानलाई चीनले ५० लाख डलर सहयोग गर्ने

    एजेन्सी । चीनले अफगानिस्तानलाई थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारको राजधानी दोहामा तालिवानसँगको  उच्चस्तरीय छलफलपछि चीनका विदेशमन्त्री वाङ लीले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि अफगानिस्तानलाई १० लाख डलर सहयोग गरिसकेको छ । 

    images

    तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने जानाकारी दिए । तालिवानका उपप्रधानमन्त्री मुल्लाह बर्दार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो वैठकपछि चीनले अफगानिस्तानलाई सहयोग गरेको हो । 

    सो अवसरमा अफगानिस्तानको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल भएको थियो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले तालिवानले अझै धेरै खुला र सहनशीलता प्रदर्शन गर्न जरुरी भएको बताएका थिए । 

    images

    चीनको सुरक्षा चासोबारे अफगान तालिवानले ठूलो महत्व दिएको वैठकपछि बरदारले जानाकारी दिए ।