शनिबार, भाद्र २७ गते २०८३
images

नेपालमा भेरोसेल र जोन्सन खोप मध्ये कुन प्रभावकारी ?

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 334
    SHARES
  • नेपालमा भेरोसेल र जोन्सन खोप मध्ये कुन प्रभावकारी ?

    काठमाडौँ ।  नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड १९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनिका खोपहरू नागरिकलाई दिइन लागिएको हो। 

    images

    जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसिल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसिल खोपमा के फरक छ  जनस्वास्थ्यविद् डा  रवीन्द्र पाण्डेले नागरिकको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको छ।

    १. जोन्सन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो।

    images

    २. जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ।

    ३. जोन्सन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ।

    ४. जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन।

    ५.  जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ , सिकिस्त नबनाउन ९६  र कोभिडबाट मृत्यु रोक्न १०० प्रतिशत    प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५० प्रतिशत   तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० प्रतिशत  प्रभावकारी भनिएको छ।

    ६. जोन्सन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन र अफ्रिकन देशमा मान्यता दिइएको छ। खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ।

    ७. दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन्।

    ८. ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ। जुन ३(४ दिनमा ठिक हुन्छ।

    ९. रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ।

    १०. तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन्।

    ११. दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन। समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ।

    १२. आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप  बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन्।

    १३. डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन्।

    १४. दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन्।

    १५. हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ।