आइतबार, कार्तिक १६ गते २०८३
images
images

न्यायाधीशहरु आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिदै 

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 254
    SHARES
  • न्यायाधीशहरु आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिदै 

    कात्तिक १० काठमाडौं । सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार (आज)बाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन् । 

    images

    जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन् । 

    दुइदिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्धा आफुलाई समेत तोकेका छन् । 

    images

    असन्तुष्ट १५ जना न्यायाधीशहरु भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् । सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरु रणनीति बनाइरहेका छन् । तर जबराले भने इजलासमा सुनुवाई थालेका हुन् । सुनुवाई थालेपनि बहसका लागि कानुनव्यवसायीहरु भने इजलासमा पुगिसकेका छैनन् । 

    एकजना कानुनव्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन् ।न्युज कारखाना