काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको हो।
नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार भारतबाट आयात हुने पेट्रोलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ, डिजेलको ५४ रुपैयाँ र एलपी ग्यासको २१६ रुपैयाँले बढेर आएको छ।
अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।
.jpg)


