आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले अधिवेशन : नेतृत्वमा महिलाको उम्मेदवारी नै छैन

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 302
    SHARES
  • एमाले अधिवेशन : नेतृत्वमा महिलाको उम्मेदवारी नै छैन

    कात्तिक १० बागलुङ । नेकपा एमाले बागलुङले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पालिका अधिवेशनले ६ वटा स्थानीय तहमध्ये  तीनमा नयाँ र तीनमा पुरानै अनुहारलाई नेतृत्वमा चयन गरेको हो । 

    images

    सातवटा स्थानीय तहमा अधिवेशन भएको बागलुङमा हालसम्म ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  बागलुङ नगरपालिकामा सहमतिको प्रयास जारी रहेको एमाले जिल्ला कमिटी सचिव विष्णु भुषालले जानकारी दिए । 

    अधिवेशनबाट काठेखोला गाउँपालिकामा डिलबहादुर कार्की, ताराखोला गाउँपालिकामा ऋषिराम रोका, गल्कोट नगरपालिकामा पूर्णबहादुर काउचा, बडिगाड गाउँपालिकामा कमलराज आचार्य, ढोपाटन नगरपालिकामा लक्ष्मण पुन र तमानखोला गाउँपालिकामा तारा श्रीमान अध्यक्षमा चयन भएका छन् । 

    images

    बागलुङ नगरपालिकाको अध्यक्षमा रामकृष्ण शर्मा, धनबहादुर परियार, गणेश थापा, खगराज पाण्डे, रुद्रबहादुर महत र ध्रुव केसीको उम्मेदवारी परेको छ । हालसम्म निर्वाचित पालिका कमिटीको अध्यक्षमा डिलबहादुर कार्की, ऋषिराम रोका र लक्ष्मण पुन दोहोरिएका छन् ।

    सातवटा स्थानीय तहमा नेतृत्व चयन भइरहँदा कुनै पनि पालिकामा महिला नेतृत्वमा पुगेका छैनन् । पार्टी नेतृत्वको लागि महिलाको उम्मेदवारी र दाबी नपरेको पार्टी सचिव विष्णु भुषालको भनाइ छ ।

    बडिगाड गाउँपालिकामा विना थापाले नेतृत्वमा दाबी गरे पनि अन्तिममा सहमतिमा दाबी छोडेकी हुन् ।  अन्य पालिकामा महिलाले नेतृत्व दाबीसहित उम्मेदवारी दर्ता गरेका छैनन् । नेतृत्व चयन भएका कुनै पनि पालिकामा महिला नेतृत्व छनौट नभएपछि एमाले नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 

    गलकोट नगर कमिटीको उपाध्यक्षमा तिला केसी, तमानखोला गाउँपालिकाका उपसचिवमा रुपा छन्त्याल र बडिगाड गाउँपालिका उपसचिवमा केशमाया छन्त्याल चयन भएका छन् । 

    अधिवेशन सुरु नभएको जैमिनी नगरपालिकामा ११ कात्तिकमा र १३ कात्तिकमा बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकामा अधिवेशन आयोजना गरिएको छ ।न्युज कारखाना