बुधबार, भाद्र २४ गते २०८३
images

काठमाडौं उपत्यकामा असिनासहित वर्षा, जनजीवन प्रभावित

एक्सप्रेस पाना
चैत्र ६, २०८२ शुक्रबार
  • 126
    SHARES
  • काठमाडौं उपत्यकामा असिनासहित वर्षा, जनजीवन प्रभावित

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज(शुक्रबार) असिनासहित वर्षा भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै आकाशमा बाक्लो कालो बादल छाउँदै असिना परेको हो ।

    images

    वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ ।

    मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा परिवर्तन आएको हो । आगामी केही दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी चलिरहेको जनाएको छ ।

    हावाहुरी अझ तीव्र हुन सक्ने भएकाले सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उडाउने जोखिम रहेको चेतावनी दिइएको छ ।

    प्राधिकरणले जोखिमयुक्त यात्रा नगर्न, हावाहुरी नरोकिन्जेल सुरक्षित स्थानमा बस्न र विद्यालय बस सञ्चालनका क्रममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # भारी वर्षा