काठमाडौँ । आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बन्द प्रशिक्षण (क्लोज क्याम्प) का लागि २९ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा कप्तान इन्दु बर्मासहित पुजा महतो, रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाखरिन, साना प्रवीण, खुशी डंगोल, सम्झना खड्का, सुधा धामी, रुवि पोद्दार, किरण कुँवर, कविता जोशी, लक्ष्मी साउद, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरी, अलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अञ्जी पाठक र रमा बुढाथोकी रहेका छन्।
उक्त प्रतियोगिता अप्रिल १२ देखि मे २ सम्म सञ्चालन हुनेछ।


