सोमबार, भाद्र २९ गते २०८३
images

आइपिएल:कोलकोता नाइटलाई हराउँदै मुम्बई इण्डियन्सको विजयी शुरुवात

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 183
    SHARES
  • आइपिएल:कोलकोता नाइटलाई हराउँदै मुम्बई इण्डियन्सको विजयी शुरुवात

    काठमाडौँ । जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई हराउँदै मुम्बई इण्डियन्सले विजयी शुरुवात गरेको छ । 

    images

    आइतबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकोता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । २२१ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।       


    मुम्बईको लागी रयान रिकेलटनले ८१ रन बनाए भने रोहित शर्माले ७८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो । 

    images

    कोलकोताका लागि कप्तान आजिख्य रहानेले ६७ रन बनाए भने अंगकृश रघुबंशीले ५१ रन बनाएका थिए । मुम्बईका बलर श्रदुल ठाकुरले ३ विकेट लिएका थिए ।

    जारी आइपिएलमा सोमबार राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल
  • # मुम्बई इण्डियन्स