आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकौ छैन : माधव नेपाल

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 236
    SHARES
  • प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकौ छैन : माधव नेपाल

    कात्तिक ११ धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् ।
     
    आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियाेग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।' 

    images

    केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर,  नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

    प्रधानन्यायाधीश जबराले मन्त्रिषद्मा भागवण्डा लिएपछि उनीविरुद्ध चर्काे आवाज उठेको हो । सर्वाेच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल वार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।न्युज कारखाना

    images