कात्तिक ११ काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । अस्वस्थ भएपछि बुधबार साँझ उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।
मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ थिइन् । उनलाई निमोनियाको लक्षण देखिएको बताइएको छ ।
.jpg)


