काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै व्यवसायीक जीवनमा सफल अभिकर्ताहरुलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिबृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
कम्पनीमा आवद्ध एक सय पचास जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा अन्तराष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच श्री काजिम रजा ज्यूको बीमा विक्री कला र व्यवसायीक क्षमता अभिबृद्धि सेसन रहेको थियो । व्यवहारी बिक्री कला सेसनले कार्यक्रमलाई थप उर्जा तथा हौसला प्रदान गरेको थियो ।
कार्यक्रमको अर्को आकर्षण प्रसिद्ध कलाकार चक्र दवाडी ज्यू, सुबोध गौतम र सिता न्यौपानेको प्रस्तुती रहेको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।
.jpg)


