काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


