बुधबार, भाद्र २४ गते २०८३
images

जानकी मन्दिरमा शनिबार सवा लाख द्विप प्रज्ज्वलन गरिदैँ

एक्सप्रेस पाना
बैशाख ११, २०८३ शुक्रबार
  • 144
    SHARES
  • जानकी मन्दिरमा शनिबार सवा लाख द्विप प्रज्ज्वलन गरिदैँ

    काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ ।

    images

    जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।

    जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।

    images

    यता, जानकी मन्दिरले भने भोलीको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिएका छन् । उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाईने बताए ।

    े भोली बिहान जनकपुरधामको दुधमत्ती नदीमा साही स्नान गरिने कार्यक्रम रहेको बताए । सो पश्चात जानकीजीको डोलासहित विशेष गाजाबाजाका साथ नगरपरिक्रमा गर्ने उनले जानकारी दिए ।

    जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ राम रोशन दासले बताए ।

    जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आ–आफ्नो घर आंगनमा दिपावली मनाउने गर्छन ।

  • सम्बन्धित विषय:

  • # जानकी मन्दिर