कार्तिक ११ सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धु काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नम्बर २ का सभापति तथा इन्द्रावती ३ का युवा नेता उद्धव बानियाँले विद्यार्थीहरुलाई स्वास्थसहित शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
बानियाँले इन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको महेन्द्र माविको विद्यार्थीहरुलाई स्वास्थ सहित शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रति बिद्यार्थी एक झोला र झोला भित्र स्वास्थ सामग्री मन्जन , ब्रस , माक्स , सेनिटाइजर , रुमाल सहित शैक्षिक सामग्री कपि , पेन्सिल , कलम ड्रोइङ पेपर , ज्यामिति बक्स आदि सामग्रीहरु वितरण गरेको उहाँ बताउनुभयो ।
साथै उक्त सामग्री १ सय १० जना विद्यार्थीलाई बितरण गरेको बताउनुभयो । उहाँले अबको केही समयभित्र जिल्लाभरको स्कुलमा पठनपाठनमा अत्यावश्यक सामग्री निरन्तर बितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
.jpg)


