आइतबार, भाद्र २८ गते २०८३
images

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

एक्सप्रेस पाना
बैशाख २१, २०८३ सोमबार
  • 144
    SHARES
  • रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

    काठमाडौं । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । 

    images

    सोमबार बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।

    प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

    images

    प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु भएको जानकारी गराइने जनाएको छ ।

    यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

    रोशी खालामा बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ । खोलामा सामान्य बाढी आउने बित्तिकै बारम्बार सडक बन्द हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रोशी खोला