आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 212
    SHARES
  • प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

    कात्तिक १२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

    images

    देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधज गर्ने कार्यक्रम छ । 

    कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ ।

    images

    प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन् । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।