आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको अवरोध सहेर ४८ दिनमै संसद अधिवेशन अन्त्य 

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 494
    SHARES
  • एमालेको अवरोध सहेर ४८ दिनमै संसद अधिवेशन अन्त्य 

    कात्तिक १२ काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी हुन् । 

    images

    गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो । 

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभेर नाराबाजी गरिरहे । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । 

    images

    सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तरत एमाले सांसदको अवरोध खेप्यो । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ । 

    नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे । 

    अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ । 

    सचिवालयले जारी गरेको सूचना 

    notice.jpg