काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २६.७२ अंकले घटेर २७५५.३७ को विन्दुमा बनद भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । यसअघिको दिन ६ अर्ब ३ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६१ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार ३५ कम्पनीको सेयर मुल्य बढेको छ भने २३३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


