आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 283
    SHARES
  • पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम

    कात्तिक १२ काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।

    images

    शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।  

    प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि माग गरिएको छ ।

    images

    १४-१७ कात्तिकसम्म अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोधसभा गर्ने बारको निर्णय छ ।

    न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रुपमा सहज, सरल र शुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले बाध्यात्मक रुपमा आन्दोलनमा उत्रेको बारले जनाएको छ ।