काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ ।
आज बजार ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि शुक्रबार कारोबार रकम भने बढेको छ । बिहिबार ४ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ७४ कम्पनीको सेयर मुल्य बढेको छ भने १८४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


