आइतबार, कार्तिक १६ गते २०८३
images
images

छुटे आर्यन खान, पुगे मन्नत

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 309
    SHARES
  • छुटे आर्यन खान, पुगे मन्नत

    कात्तिक १३ काठमाडौं । अन्ततः शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटेका छन् । गत २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरेको थियो । 

    images

    आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको दुईपटक जमानत रद्द गरिएको थियो । यद्यपि उनलाई सशर्त हार्ई कोर्टले रिहा गर्ने आदेश दिएको छ । मुम्बईस्थित आर्थर रोड जेलमा रहेका आर्यनलाई लिन उनका पिता शाहरुख नै पुगेका थिए । 

    आर्यनलाई १४ सर्तसहित रिहा १. एक लाख बराबर जमानतको लागि बोन्ड । २. सम्पूर्ण रिहा गरिएको निवेदक वा आरोपी फेरि त्यस्तै प्रकृतिको आरोपमा पक्राउ पर्न नहुने । ३. निवेदक वा आरोपीले एक आपसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न नपाउने । यस मुद्दालाई लिएर साथीभाइसँग पनि कुराकानी गर्न नपाइने । ४. कोर्टमा चलिरहेको मुद्दामा कुनै पनि प्रकारको कारबाही गरिने छैन । त्यसमा निवेदक वा आरोपीले अन्य प्रावधानमार्फत कुनै कारबाही गर्न पाउने छैन । ५. निवेदक वा आरोपी कसैले पनि विट्नेस वा प्रमाणसँग कुनै प्रकारको छेडछाड वा सम्बन्ध स्थापित गर्न पाउने छैनन् । ६. स्पेसल कोर्टमा सम्पूर्ण निवेदक वा आरोपीले आफ्नो राहदानी जम्मा गराउनुपर्ने छ । उनीहरू देश छाडेर कतै जान पाउने छैनन् । ७. निवेदक वा आरोपीले यस विषयमा सोसल मिडिया, मिडियालगायत कुनै पनि प्लेटफर्ममा कुराकानी गर्न पाउने छैनन् । ८. निवेदक वा आरोपीले विदेश यात्रा गर्नु परेमा एनडिपी कोर्टका न्यायाधीशसँग स्वीकृति लिएर मात्र यात्रा गर्न पाउने छ । ९. निवेदक वा आरोपीले मुम्बई बाहिर जानुपरेमा केस जाँच गरिरहेका अफिसरलाई सम्पूर्ण डिटेल जानकारी गराएर स्वीकृति पाएमा मात्र यात्रा गर्न पाउने छन् । १०. हरेक हप्ताको शुक्रबार निवेदक वा आरोपीले एनसीबी मुम्बईमा आएर आफ्नो हाजिरी दिनुपर्ने छ । 

    images

    ११. आरोपी वा निवेदकले कोर्टमा पाउने तारिखमा अनिवार्य उपस्थिति जनाउनुपर्ने छ । १२. एनसीबीले जाँचका लागि बोलाएको समयमा अनिवार्य रूपमा निवेदक वा आरोपी उपस्थित हुनै पर्नेछ । १३. यस मुद्दामा हुनु सुनुवाइलाई कुनै पनि बहानामा आरोपी वा निवेदकले सार्न पाउने छैनन् । १४. आरोपी वा निवेदकले माथि उल्लेखित कुनै पनि बुँदालाई उल्लंघन गरेमामा एनसीबीले न्यायाधीशसमक्ष रिहाइ रद्दको लागि आग्रह गर्न सक्ने छन् ।