काठमाडौं । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन् ।
आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मोरक्कोका इस्माइल सैबारी र ब्राजिलका भिनिसियस जुनियरले एक–एक गोल गरेका हुन् ।
खेलको २१औँ मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर ब्राजिलले ३२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत खेलमा फर्कँदै बराबरी कायम गर्यो।
बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।
यस नतिजासँगै ब्राजिल र मोरक्कोले एक–एक अंक बाँडेका छन्।


