आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा लण्डनमा 

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 273
    SHARES
  • प्रधानमन्त्री देउवा लण्डनमा 

    एजेन्सी । राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप २६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लण्डन आइपुगेका छन् । 

    images

    लण्ड हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका देउवालाई स्वागत गर्न  सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललले स्वागत गरे ।

    आजै शनिवार प्रधानमन्त्रीले सर्वदलिय संसदीय समूह र नेपाल बेलायत व्यापार तथा लगानी मंचले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने छन् । देउवाले बेलायत नेपाली समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।  जनससम्पर्क समिति बेलायतका सभापति युवराज गुरूङकाअनुसार उनले आजै नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने छन् ।

    images

    उनले भोलि आइतवार तारिख नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ । १ नोभेम्बरमा प्रधानमन्त्री देउवा कोप २६ सम्मेलनमा भाग लिनेछन् ।