बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकपमा फ्रान्सको शानदार सुरुवात, एम्बाप्पेको दुई गोलमा सेनेगल पराजित

एक्सप्रेस पाना
आषाढ ३, २०८३ बुधबार
  • 228
    SHARES
  • विश्वकपमा फ्रान्सको शानदार सुरुवात, एम्बाप्पेको दुई गोलमा सेनेगल पराजित

    काठमाडौँ । जारी फिफा विश्वकपमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निभाएका छन्।

    images

    प्रतिस्पर्धात्मक बनेको खेलमा एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमा लामो दूरीबाट गरेको उत्कृष्ट प्रहारमार्फत उनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

    फ्रान्सका लागि ब्राड्ली बारकोलाले अर्को एक गोल थपेका थिए। यता, सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

    images

    यस खेलमा दुई गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। जितसँगै फ्रान्सले विश्वकप अभियान सुखद रूपमा सुरु गरेको छ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६