काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले फिफा विश्वकपको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा बुधबार बिहान अल्जेरियाविरुद्ध मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपका ६ संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडी बनेका हुन्।
यसअघि पाँच संस्करणसम्म विश्वकप खेलेका मेस्सीले २००६ मा जर्मनीमा आयोजित विश्वकपबाट यात्रा सुरु गरेका थिए। त्यसयता उनले २०१०, २०१४, २०१८, २०२२ र २०२६ संस्करणमा लगातार सहभागिता जनाउँदै इतिहास रचेका हुन्। ३९ वर्षीय मेस्सीले यस उपलब्धिसँगै विश्व फुटबलमा अर्को ऐतिहासिक अध्याय थपेका छन्।
जारी खेलमा १७औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका छन् ।


