काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा बन्द भएको विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बिहिबार ३ अर्ब ४१ करोडको कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब ५३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ११६ कम्पनीको सेयर मुल्य बढेको छ भने १४० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


