बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप:केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

एक्सप्रेस पाना
आषाढ ८, २०८३ सोमबार
  • 111
    SHARES
  • फिफा विश्वकप:केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् । 

    images

    अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

    खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।

    images

    पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

    ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६