बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप:नर्वेसँग सेनेगल ३–२ गोलले पराजित

एक्सप्रेस पाना
आषाढ ९, २०८३ मंगलबार
  • 110
    SHARES
  • फिफा विश्वकप:नर्वेसँग सेनेगल ३–२ गोलले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ ।  

    images

    न्युयोर्क–न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेको हो ।

    खेलको पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

    images

    दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गरे । खोलको ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए ।

    खेलको ५८औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई ३–१ को अग्रता बनाए । सेनेगलले अन्तिममा थपिएको ३ मिनेटमा इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३–२ मा ल्याए । 

     

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६
  • # सेनेगल