आइतबार, भाद्र २८ गते २०८३
images

जोर्डनमाथि ३–१ को जित, अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

एक्सप्रेस पाना
आषाढ १४, २०८३ आइतबार
  • 82
    SHARES
  • जोर्डनमाथि ३–१ को जित, अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौं । जारी फिफा विश्वकप फुटबलको समूह चरणका सबै खेल सम्पन्न भएका छन्।

    images

    आइतबार सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको छ।

    अर्जेन्टिनाको जितमा गिओभानी लो सेल्सो, लाउतारो मार्टिनेज र लियोनेल मेसीले समान एक–एक गोल गरेका हुन् । खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । 

    images

    जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल होल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यस गोलसँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ ।

    यो जितसँगै अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै शीर्ष स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डेविरुद्ध प्रतिस्पर्धा गर्नेछ। पराजित जोर्डनको भने विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ।

     

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप