काठमाडौं । केहि दिनदेखी लगतार घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ ।
आज बजार ४४.५९ अंकले बढेर २६५२.९३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे संगै बुधबार कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब २५ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ८६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २५२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


