बुधबार, भाद्र २४ गते २०८३
images

२–० ले पछि परेको अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा

एक्सप्रेस पाना
आषाढ २४, २०८३ बुधबार
  • 70
    SHARES
  • २–० ले पछि परेको अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। यस जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    images

    खेलको पहिलो हाफमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने अर्जेन्टिनाले खेलमा शानदार पुनरागमन गर्‍यो। 

    खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए। त्यसको केहि मिनेटपछि पहिलो हाफमा पेनाल्टी गुमाएका कप्तान लियोनेल मेसीले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा पुर्‍याए।

    images

    त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको उत्कृष्ट क्रसमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गरे। सोही गोल निर्णायक बन्दा अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो।

  • सम्बन्धित विषय:

  • # अर्जेन्टिना