बुधबार, भाद्र २४ गते २०८३
images

कोलम्बियालाई पेनाल्टीमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

एक्सप्रेस पाना
आषाढ २४, २०८३ बुधबार
  • 85
    SHARES
  • कोलम्बियालाई पेनाल्टीमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

    काठमाडौं । स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    images

    क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ४–३ गोलको जित निकाल्यो । स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । 

    images

    यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो ।

    अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६