काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै सोमबार कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ५१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २३९ कम्पनकिो सेयर मुल्य बढेको छ भने ३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


