बुधबार, भाद्र २४ गते २०८३
images

लिग–२ को उद्घाटन खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित

एक्सप्रेस पाना
श्रावण ५, २०८३ मंगलबार
  • 149
    SHARES
  • लिग–२ को उद्घाटन खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।

    images

    नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३०, गुल्शन झाले २०, करण केसीले १८ र आसिफ शेखले १६ रनको योगदान दिए।

    images

    यस जितसँगै नामिबियाले २९ खेलबाट २४ अंक बनाएको छ। नेपाल पनि समान २९ खेलबाट २४ अंकमै रहेको छ।

    नेपालले अब सिरिजको दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२