कात्तिक १४ दोलखा । नेकपा एमाले कालिन्चोक गाउँपालिकाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्षमा वडा नम्बर ३ का ३१ बर्षीय वडा अध्यक्ष निशान बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
आज सिङगटीमा भएको अधिवेशनमा उहाँ निर्विरोध चयन हुनु भएको हो । त्यस्तै अध्यक्ष ईश्वरी दाहाल र सचिव होम थामी चयन हुनुभएको छ । साथै उक्त अधिवेशनले ७५ कमिटी गठन गरेको नव निर्वाचन उपाध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
त्यस्तै उक्त अधिवेशन एमालेका स्थानीय कमिटी सदस्य एवम् पूर्व मन्त्री टोपबहादुर रायमाझी प्रमुख अतिथि रहनु भएको थियोे ।
.jpg)


